ललितपुर,ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ ।
मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् ।
उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन् ।
उनले देशको समग्र अर्थतन्त्र नाजुक रहेको भन्दै यो बजेट सुखद रहेको बताइन् । ‘देशको अर्थतन्त्र नाजुक रहेको र संघीय तथा प्रदेश सरकारबाट विगतमा दिदै आएको अनुदान समेत कटौती भएको परिवेक्षमा यो रकम बराबरको बजेट प्रस्ताव गर्नु हाम्रो लागि सुखद हो,’ उनले भनिन् ।
उनले आगामी आर्थिक वर्षको चालु खर्चतर्फ रु २ अर्व ९६ करोड ६४ लाख १८ हजार विनियोजन गरेको जानकारी दिइन् ।
यस वर्षको वजेटले समग्र वर्ग, भुगोल, जाती, महिला, अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, वालवालिका लगायत सम्पूर्णलाई सम्बोधन गरी थप विश्वास जित्न सफल हुने उनले दाबी गरिन् ।
उनको अनुसार अघिल्लो वर्ष कुल खर्च ७ अर्व ४६ करोड ८३ लाख ९२ हजार रहेको थियो भने सो मध्ये चालु खर्चतर्फ रु २ अर्व ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगतर्फ रु ४ अर्व ६७ करोड ९४ लाख २३ हजार विनियोजन भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ