ललितपुर,वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपण र हरियाली विस्तारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।
‘हरियाली बढाऔं, हिमाल जोगाऔं’ भन्ने नारासहित गोदावरीमा आयोजित राष्ट्रिय वृक्षारोपण दिवस कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ठकुरीले वन, वन्यजन्तु तथा जडीबुटीको संरक्षणमार्फत नेपाल सरकारले हरियाली अभियानलाई अघि बढाइरहेको बताउनुभयो।
“वनको संरक्षणसँगै आर्थिक समृद्धि जोडिएको छ। विदेशी काठको आयात रोक्दै आत्मनिर्भर वन व्यवस्थापनमार्फत आम्दानीको स्रोत विस्तार गरिन्छ,” मन्त्री ठकुरीले भन्नुभयो, “जलवायु परिवर्तनको असर कम गर्न वातावरण अनुकूल नीति तथा कार्यक्रम ल्याइएका छन्।”
उहाँले सगरमाथा वृक्षारोपण महाअभियान, ‘एक घर दुई रुख’ अभियान, जडीबुटी संरक्षणलगायत कार्यहरू सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो। वन ऐन र कानुनी जटिलता समाधान गरी वातावरणीय मापदण्ड कार्यान्वयनमा सरकारले ध्यान दिएको मन्त्रीको भनाइ थियो।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले मानव जीवनका सबै चरणमा रुखको महत्त्व रहेको उल्लेख गर्दै समृद्धिको आधारका रूपमा वृक्षारोपणलाई जोड दिनुभयो।
प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले “देशको ४६ प्रतिशत भूगोल वन भए पनि आम्दानी अत्यन्त न्यून रहेको” भन्दै वन क्षेत्र व्यवस्थापन सुधार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले ललितपुरको पहाडी क्षेत्रमा उत्पादन बढिरहेको लौठ सल्लोलाई व्यवस्थित गर्न पनि सुझाव दिनुभयो।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बाढी, पहिरोले क्षति पुर्याएका क्षेत्रमा वृक्षारोपणमार्फत पुनर्निर्माण आवश्यक भएको बताउँदै कानुनी अड्चनले अवरुद्ध विकास कार्यलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनले वन ऐन र नियमावली संशोधन गरी वनजन्य सामग्रीको उपयोगलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो।
सामुदायिक बन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले १ करोड ६२ लाख उपभोक्ता सामुदायिक बनमा आबद्ध रहेको जानकारी दिँदै “नाङ्गो डाँडालाई हरियालीमा बदलिएको सफल अभियान” को उदाहरण प्रस्तुत गर्नुभयो।
कार्यक्रममा वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुंगानाले ७७ वटै जिल्लाका ८४ डिभिजन वन कार्यालयमार्फत ३ करोड विरुवा निःशुल्क वितरण भइरहे
को जानकारी दिनुभयो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ