काठमाडौँ, साउन ७ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथमराष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका सन्दर्भमा आएकाचुनौती समीक्षा गर्दै राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएकाछन् ।
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीकोइरालाको ४३ औँ पुण्यस्मृति दिवसका सन्दर्भमा ‘जननायक बिपी कोइरालास्मृति ट्रस्ट’ले आयोजना गरेको कृति विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनकाक्रममा कमजोरी भएको बताएका हुन् ।
डा. यादवले समानुपातिक, समावेशी, सङ्घीयतासहितको संविधानकार्यान्वयन प्रक्रियामा रहेका विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।उनले भने, ‘हामी ठिक मार्गमा छौँ । देश गणतान्त्रिक व्यवस्थामा सही मार्गमाछ । तर शासन सञ्चालन गर्नेले सोच्नुपर्ने बेला हो यो । नेपालले अब कुनैप्रतिगमन देख्नु नपरोस् । विगतको सङ्घर्षपूर्ण इतिहास युवा पुस्तालाईबुझाउनै पर्छ ।’
प्रा.डा. हरिप्रसाद पराजुलीद्वारा लिखित एवं सम्पादन रहेका ‘बिपीकोइरालाका दुर्लभ रचना’ र विश्वेश्वरप्रसाद कोइरालाका कथा रकथाकारिताको विश्लेषण र मूल्याङ्कन’ पुस्तक विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राजनीतिक दलहरूले राणाशासन, पञ्चायत हुँदै १० वर्षे सशस्त्रजनयुद्धको स्मरण गरेर सुध्रिनुपर्ने बताए ।
‘राजावादी होइन, समाजवादी बिपी’
पूर्वराष्ट्रपति डा. यादवले महामानव बिपी कोइरालाका सन्दर्भमा गरिएकाप्रचारबारे प्रस्टीकरण दिएका छन् । उनले २०१२ को वीरगञ्ज अधिवेशनमै नेताकोइरालाले यो विषयमा प्रस्ट पारेको बताए।
उनले भने, ‘बिपी कोइराला राजतन्त्रका प्रवर्तन हुनुहुन्नथियो । बिपीलेवीरगञ्ज अधिवेशनमा ‘अहिले हामी आधुनिक समाज निर्माण गर्न हामीहिँडेका छौँ । राजसंस्थालाई, राजालाई मुर्दालाई काँधमा बोकेर हिँड्ने बेलाजस्तो भएको छ । तर यो समयसापेक्ष होइन । नेपालका सन्दर्भमा यसो गर्नुपरिरहेकोछ’ भन्नुभएको थियो । त्यो बिपी कोइरालाको रणनीति थियो ।मेलमिलापको रणनीति थियो । बिपी कोइराला राजावादी होइन ।प्रजातन्त्रवादी, समाजवादी र गान्धीवादी हुनुहुन्थ्यो ।’
डा. यादवले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालामा गाउँको विकास गर्नेसोच रहेको र समाजवादका माध्यमबाट समाज बल्दने सोच रहेको बताए ।उनले राणाशासनको अन्त्यपछि बिपीले नेपालमा पार्टी संगठन विस्तारमालाग्दा नेपालका तराई, मधेश, हिमाल र पहाडको जनजीवनका सबै आयामबुझेको बताए । उनले भने, ‘बिपी कोइरालामा लोकतन्त्र र समाजवादमार्फतदुई महान राष्ट्रको बिचमा रहेको नेपाल राष्ट्रलाई समुन्नत र सफल बनाएरअघि बढाउने उच्चतम चिन्तन थियो । दुईतिहाइ जितेर राष्ट्र बनाउँछु भन्ने विपीकोइरालाको संकल्प थियो । १५ वर्ष सरकार चलाउन पाएको भए अर्कैअवस्था हुने थियो ।’
डा. यादवले बिपी कोइरालालाई बहुआयामिक व्यक्तित्वका रुपमा स्मरण गरे। डा. यादवका अनुसार नेता कोइरालाले नेपाली, हिन्दी र अंग्रेजीमा पनिसाहित्य लेखन गरेका थिए । उनले भने, ‘बिपी २५ वर्षसम्म भारतमा बस्नुभयो। उहाँलाई दक्षिण एशियाकै उदाहरणीय राजनेता मानिन्थ्यो । बिपीकोइरालाले २०२८–३० तिर हतियारको राजनीति गर्ने सोचे पनि २०३३ माराष्ट्रिय मेलमिलापको नीति लिएर फर्किएको र राष्ट्रलाई एकतावद्ध गर्नेअभियान आरम्भ गर्नुभयो ।’
लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीलेसरकारको नेतृत्व गर्दा बिपी कोइरालाले मन्त्री, सांसद्को तलव घटाएकोस्मरण गर्दै राज्यका प्रशासनिक निकाय र कर्मचारीतन्त्रका सुधारकका रुपमाबिपीलाई सम्झिनुपर्ने बताए ।
कृति लेखक तथा सम्पादक प्राडा हरिप्रसाद पराजुलीले महामानव बिपीकोइरालालाई भेट्न जाँदा आक्रमणमा परेको स्मरण गर्दै पुस्तकमा बिपीकोजीवन संघर्षका बहुआयामिक पक्ष समेटिएको जानकारी दिए ।
वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले राजनीतिक रुपान्तरणसँगै नेपालीसाहित्यमा बिपी कोइरालाको विशिष्ट योगदान रहेको स्मरण गर्दै अहिलेकोपुस्ताले पनि बिपीकै शैली अनुशरण गरिरहेको बताए । कांग्रेस केन्द्रीय सदस्यकिरण यादव, ट्रस्टका बोर्ड सदस्य प्राज्ञ डा. ज्ञानु पाण्डेले बिपी कोइरालाकोराजनीतिक जीवन प्रेरणादायी र युगीन रुपान्तरणतर्फ दृढ रहेको बताउँदैबिपीको वैचारिक, राजनीतिक, सैद्धान्तिक धरातललाई बुझ्नुपर्नेमा जोड दिए ।
ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले महामानव बिपी कोइरालाकोराजनीतिक विरासत, लोकतान्त्रिक आन्दोलनका लागि प्रेरित गर्नका लागिगर्नुभएका अथक प्रयास र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन गरेकोसंघर्षका गाथा पुस्तकमा समेटिएको बताए । पराजुलीले ट्रस्टले नेताकोइरालाका साहित्यिक, राजनीतिक एवं अन्य दस्तावेजलाई संरक्षणगरिरहेको जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ