काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब केवल भविष्यको कल्पना नभइ वर्तमानको आवश्यकता भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताएका हुन् ।
उनले भने, ‘अहिले समय नै इन्टरनेटको हो । आज आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हामीले गर्न थालेका छौँ । यसको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्नेछ भन्ने मलाई विश्वास छ ।’
उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘हामी धेरै कुरा गर्न सक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा । प्रविधि यहाँसम्म आइपुगेको छ, त्यसैले यसको सदुपयोग गर्न सक्ने हो भने देशको विकासमा ठूलो योगदान पुग्नेछ,’ देउवाले भने ।
सभापति देउवाले प्रविधिको पहुँचले जनतालाई छिटो, छरितो र पारदर्शी सेवा प्रवाहमा सघाउ पु¥याएको बताए । ‘घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ र प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएका छन्,’ उनले थपे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ