सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बहादुरसिंह लामाले गुमाउने भए संसदीय दलको हैसियत, इन्द्र बानियाँको पक्षमा २२ मत

प्रकाशित समय: मगलवार, ०३ : २२ बजे श्रावण १४ गते



बहादुरसिंह लामाले गुमाउने भए संसदीय दलको हैसियत, इन्द्र बानियाँको पक्षमा २२ मत

हेटौँडा, बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलमा नेतृत्व परिवर्तन हुने भएको छ। बहुमत सांसदको समर्थन काँग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँतर्फ गएपछि बहादुरसिंह लामा तामाङले संसदीय दलको नेताको हैसियत गुमाएका छन्।

आज हेटौँडामा बसेको संसदीय दलको बैठकमा भएको मतदानमा बानियाँ पक्षमा २२ मत खस्दा लामाको पक्षमा १५ मत मात्र परेको हो। योसँगै बानिया अब संसदीय दलको नेता बन्ने निश्चित भएको छ भने उनी प्रदेश सरकारको नयाँ मुख्यमन्त्री बन्ने मार्गमा अगाडि बढेका छन्।

कांग्रेस भित्रको यो घटनाक्रमले बागमती प्रदेशको सत्ता समीकरणमा कुनै प्रभाव नपर्ने देखिएको छ। 

काङ्ग्रेस सरकारलाई समर्थन गर्दै आएको एमालेले कांग्रेसको आन्तरिक मामिला भएकाले सत्ता समीकरणमा कुनै फरक नपर्ने एमालेका एक नेताले बताए। 

लामो समयदेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका लामा अब सरकार र दल दुवै नेतृत्वबाट बाहिरिएका छन्। अबको राजनीतिक विकासक्रममा इन्द्र बानियाँ मुख्यमन्त्रीको हैसियतमा अगाडि बढ्ने लगभग निश्चित देखिएको छ।

अविश्वासको मतका पक्षमा मतदान गर्ने सांसदहरू (२२ जना):

१. इन्द्रबहादुर बानियाँ

२. शिवराज अधिकारी

३. कञ्चनचन्द्र वादे

४. दिपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. बिनु रायमाझी पौडेल

७. यमुना देवी श्रेष्ठ

८. उर्मिला नेपाल केसी

९. शान्ता ढकाल

१०. प्रभात तमाङ

११. छिरीङ्ग दोर्जे लामा

१२. मीना पराजुली

१३. याङ्किला शेर्पा

१४. मीन कृष्ण महर्जन

१५. बिमल ठकुरी

१६. मदुकुमार श्रेष्ठ

१७. सुरजचन्द्र लामिछाने

१८. सुरेश श्रेष्ठ

१९. श्रीराम लामिछाने

२०. सुना परियार

२१. श्यामबहादुर खड्का

२२. कृष्णबहादुर तामाङ

विश्वासको मतको विपक्षमा मतदान गर्ने सांसदहरू (१५ जना):

१. बहादुरसिंह लामा तामाङ

२. कुन्दनराज काफ्ले

३. उत्तम जोशी

४. लक्ष्मी श्रेष्ठ

५. रमेशकुमार महत

६. हरिप्रभा खड्गी

७. रामकुमार पहाडी

८. छेत्रबहादुर बोम्जन

९. गिता गुरूङ

१०. मसिना खड्का

११. तिर्थ लामा

१२. रामकृष्ण चित्रकार

१३. माया श्रेष्ठ

१४. गोविन्द लम्साल

१५. समिता खड्गी