सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

प्रकाशित समय: बुधवार, ११ : ३९ बजे श्रावण १५ गते



माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

 

बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

 

स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो ।

 

माओवादी केन्द्रले गत फागुनमा अभियानअन्तर्गत मध्यपहाडी लोकमाग अभियान चलाएको थियो । उक्त अभियानलाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बस्दैछ ।