काठमाडौं,नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल प्लेटफर्मको जिम्मेवार र सकारात्मक प्रयोगले व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पुग्ने बताएका छन्।
नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा केन्द्रीय कार्यालयमा आयोजित “डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर” विषयक एक दिने अन्तरक्रियात्मक तालिममा बोल्दै उनले प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरे।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिँदै यसका नकारात्मक असरबारे नागरिकलाई सचेत गराउन पनि आग्रह गरे।
कार्यक्रममा विभागका प्रमुख मीनबहादुर विश्वकर्मा, विभागीय सदस्यहरू, विज्ञहरू र सहभागीहरूको उलेख्य उपस्थिति रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ