सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

कांग्रेस ललितपुरको जिल्ला कार्यसमिति बैठक सम्पन्न, बैठकले गर्यो सात निर्णय

प्रकाशित समय: सोमवार, ०२ : ११ बजे भदौ ९ गते



कांग्रेस ललितपुरको जिल्ला कार्यसमिति बैठक सम्पन्न, बैठकले गर्यो सात निर्णय

ललितपुर, नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको पूर्ण बैठक सोमबार जिल्ला पार्टी कार्यालय ललितपुरकोटमा सम्पन्न भएको छ। जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा बसेको बैठकले विभिन्न सातवटा निर्णय गरेको छ।

 

बैठकले भाद्र मसान्तभित्र जिल्लाका ७१ वडा सभापतिहरूको भेला आयोजना गरी सांगठनिक समीक्षा गर्ने निर्णय गरेको छ। त्यस्तै, कार्तिक मसान्तभित्र जिल्लाका प्रत्येक वडामा क्षेत्र, प्रदेश तथा पालिका संगठनसँग समन्वय गरेर जिल्लाबाट ५ सदस्यीय टोली स्थलगत खटाई वडा समितिसँग छलफल र प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।

 

भातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्ने र प्रतिनिधि तोक्ने अधिकार जिल्ला सभापतिलाई दिने निर्णयसमेत बैठकले गरेको छ।

 

यसैगरी, प्रजातान्त्रिक इन्जिनियर एसोसिएसन नेपाल (CDEN) को निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका महासमिति सदस्य इ. धनेन्द्र के.सी. र उनको टिमको विजयको लागि शुभकामना व्यक्त गर्दै आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ।

 

नेपाल प्रेस युनियन ललितपुरको जिल्ला सम्मेलनका लागि रू. २० हजार सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ। साथै, मानसिक अस्पताल विकास समिति ललितपुरका सदस्यमा निर्वाचित भएका जिल्ला सदस्य प्रतापरत्न शाक्य र भक्तपुर क्यान्सर अस्पताल विकास समितिको संचालन सदस्यमा नियुक्त सुजाता कार्कीलाई बैठकले बधाई ज्ञापन गरेको छ।

 

बैठकमा १९ जना नेताहरूले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा जिल्लाका महासमिति सदस्य, तीनवटै क्षेत्रका क्षेत्रीय सभापति, भातृ र शुभेच्छुक संस्थाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।