सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै

प्रकाशित समय: सोमवार, ०९ : ३९ बजे भदौ २३ गते



ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएको ५४ जना प्रदर्शनकारीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 
सोमबार नयाँ बानेश्वरस्थित संसद भवन क्षेत्रमा भएको जेनजीहरुको आन्दोलनमा घाइते भएका ५४ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको हो । 
५५ जना अस्पताल पु¥याइएको मध्य एकजनाको बाटोमा नै मृत्यु भएको थियो भने ट्रमा सेन्टरमा हाल सम्म ६ जनाको मृत्यु भएको छ । 
घाइतेहरुको नाम र ठेगानासहितको विवरण पनि आएको छ । प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आउन सकेको छैन् ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ ।