ललितपुर,भ्रष्टाचारविरुद्ध देशभर सुरु भएको जेन जी आन्दोलनलाई ललितपुरका स्थानीयले पनि साथ दिएका छन्। ललितपुरको ठैब, चापागाउँ, भैँसेपाटी, लुभुलगायतका क्षेत्रमा स्थानीय बासिन्दाले सडक अवरुद्ध गर्दै आन्दोलनप्रति समर्थन जनाएका हुन्।
हिजो सुरु भएको आन्दोलनमा देशभर करिब २० जना युवाले ज्यान गुमाएका थिए। सो घटनाप्रति आक्रोशित स्थानीयहरूले “युवा मार्न पाइदैन”, “सामन्ती सरकार चाहिँदैन” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन्।
आन्दोलनले राजधानीका विभिन्न स्थानमा यातायात अवरुद्ध गराएको छ भने बजार गतिविधि पनि प्रभावित बनेको छ। भ्रष्टाचारविरुद्ध उठेको यो जेन जी आन्दोलन आज पनि कायमै रहेको जेन जी आन्दोलनका अभियान्ताले बताएका
छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ