सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

राष्ट्रपतिबाट सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त

प्रकाशित समय: शुक्रवार, ०९ : ५४ बजे भदौ २७ गते



राष्ट्रपतिबाट सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त

काठमाडौं,राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा उत्पन्न असाधारण परिस्थितिका कारण पूर्वमुख्य न्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।

 

 

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, राजनीतिक दल र सरोकारवालाहरूसँगको व्यापक परामर्शपछि नेपालको संविधानको धारा ७६ को उपधारा (६) अनुसार अन्तरिम सरकार गठन गरिएको हो। राष्ट्रपतिको हैसियतले प्रधानमन्त्रीको सिफारिस र संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ।

 

 

यसअघि शुक्रबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो।

 

 

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ७६ को उपधारा (६) अनुसार गठित यस अन्तरिम सरकारको प्रमुख दायित्व संविधानको पालना, संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने हुनेछ।