सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव हुने

प्रकाशित समय: शनिवार, ०५ : ०८ बजे भदौ २८ गते



प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव हुने

काठमाडौं । राष्ट्रपति कार्यालयले शुक्रबार राति प्रतिनिधि सभा विघटन भएको घोषणा गरेको छ। नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ साल भदौ २७ गते राति ११:०० बजेबाट लागू हुने गरी प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका हुन्।

 

यसैसँगै नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति पनि तोकिएको छ। आगामी २०८२ साल फागुन २१ गते बिहीबारका दिन निर्वाचन हुने राष्ट्रपति कार्यालयले जनाएको छ।