सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

दुई वटा संसदीय समितिको बैठक बस्दै

प्रकाशित समय: आइतवार, १० : ५६ बजे आश्विन ५ गते



दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्को दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

 

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिनको १ः०० बजे समितिको सभाहल सिंहदरबारमा बस्दै छ ।

 

बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

 

त्यस्तै,राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति समितिको बैठकपनि आज बस्दै छ ।

 

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल हुने छ ।