ललितपुर, हाल देशभर मनसुनी वर्षा तीव्र बन्दै गएपछि ललितपुर जिल्लाभर उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको निर्देशनमा आज एक जरुरी सूचना जारी गर्दै सबै स्थानीय तहका वडा समिति र वडा सचिवलाई खोलानाला तथा जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई माइकिङमार्फत सतर्क गराउन अनुरोध गरिएको छ।
जारी सूचनामा भनिएको छ —
मौसम पूर्वानुमान अनुसार आगामी तीन दिनसम्म उच्च मात्रामा वर्षा हुने भएकाले खोलानालाको सतह बढ्ने सम्भावना छ। यसले जनधनको क्षति हुन सक्ने भएकाले भुइँतलामा रहेका बहुमूल्य सामग्री सुरक्षित स्थानमा सार्न, बालबालिका, वृद्ध, अशक्त, गर्भवती र सुत्केरी महिलाप्रति विशेष ध्यान दिन, र आपतकालीन अवस्थामा मानवीय सहयोग तथा स्वयंसेवकका रूपमा सक्रिय रहन सबैलाई अनुरोध गरिएको छ।
त्यस्तै, विपद् वा आकस्मिक घटनामा वडा कार्यालय वा सुरक्षा निकायमा तुरुन्त खबर गर्न समेत प्रशासनले आग्रह गरेको छ।
यसबाहेक, निरन्तर वर्षाका कारण कान्ति लोकपथमा अर्को सूचना नआएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको पनि सूचनामा उल्लेख छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ