काठमाडौं,गृह मन्त्रालयले असोज १८ देखि २० गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार देशका विभिन्न स्थानमा मुसलधारे वर्षा हुने र त्यसको प्रभावमा बाढी, पहिरो तथा भू–स्खलनका घटना हुनसक्ने चेतावनी दिएको छ।
मन्त्रालयका प्रवक्ता भानुभक्त बस्नेतद्वारा हस्ताक्षरित सूचनामा विपद् सम्भावनाका कारण जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने बताइएको छ। साथै असोज १९ र २० गते नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ।
सूचनामा अत्यावश्यक बाहेकका काम नगरी घरभित्र सुरक्षित रहन र सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरिएको छ। मन्त्रालयले देशका जोखिमयुक्त क्षेत्रका स्थानीय निकाय र सुरक्षासम्बन्धी निकायहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ