ललितपुर , बागमती गाउँपालिका–१ मा पर्ने टिकाभैरव–घुसेल–झागलकोट सडक खण्ड खुल्न अझै दुई दिन लाग्ने भएको छ। सिस्नुडोलमा गएको ठूलो पहिरोले सडकको बेस नै बगाएपछि आवतजावत पूर्णरूपमा रोकिएको हो।
वडा अध्यक्ष ज्ञानबहादुर लोका अनुसार जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिएको भए पनि सडकको संरचना नै क्षतिग्रस्त भएकाले तत्काल खुलाउन सम्भव नभएको बताउनुभयो। “यो ठाउँमा स्क्याभेटर प्रयोग नगरी बाटो निर्माण सम्भव छैन,” उहाँले भन्नुभयो।
सडक अवरुद्ध हुँदा करिब सात हजार लिटर दूध सङ्कलन र दैनिक तीन टनभन्दा बढी तरकारी ढुवानीमा समस्या परेको वडा कार्यालयले जनाएको छ।
यसैबीच, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल र जिल्ला समन्वय अधिकारी हरिनारायण बेलबासेले असोज १७ गतेदेखि अविरल वर्षाका कारण आएको बाढी–पहिरोले क्षति पुर्याएका विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन्।
निरीक्षणपछि प्रमुख फुयालले मध्यमार्गी सडक, नल्लुखोला, घुसेललगायत क्षेत्रमा सडक मर्मत तथा पुनर्निर्माण कार्य तत्काल अघि बढाउन स्थानीय सरकार, जिल्ला पूर्वाधार कार्यालय, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराइएको बताउनुभयो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ