सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ फाल्गुन २०८२ / Friday, 13 February 2026

गोदावरी–२ का एमालेबाट निर्वाचित वडा सदस्यसहित तीन जना कांग्रेस प्रवेश

प्रकाशित समय: सोमवार, ०४ : २० बजे माघ २० गते



गोदावरी–२ का एमालेबाट निर्वाचित वडा सदस्यसहित तीन जना कांग्रेस प्रवेश

ललितपुर,ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेबाट निर्वाचित एक वडा सदस्यसहित तीन जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

 

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका विष्टले पार्टी परित्याग गर्दै कांग्रेस रोजेका हुन्। उनीसँगै एमालेका सक्रिय सदस्य रञ्जनकुमार बिष्ट र प्रविणकुमार बिष्ट पनि कांग्रेसमा प्रवेश गरेका छन्।

 

नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदय शमशेर राणाले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।