टोकियो,जापानी रक्षामन्त्री नोबुओ किशीले चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका बेला आफ्नो देशले चिनिया समुद्री गतिविधि र हङकङको बारे चिन्ता व्यक्त गर्ने बताएका छन्।
रक्षामन्त्री किशीले चिनिया विदेशमन्त्रीले जापानी समकक्षी मोतेगी तोसिमिसु सँग वार्ताका क्रममा जापानले आफ्ना चासोहरु र चिनिया गतिबिधिबारे धारणा राख्ने बताए। चिनिया विदेशमन्त्रीले भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सुगा योशिहिडलाई पनि भेट्ने अपेक्षा गरिएको छ।
जापनमा प्रधानमन्त्री सुगाको नयाँ मन्त्रीमण्डल गठनसंगै वाङको भ्रमण चीनको तर्फबाट भएको पहिलो उच्च कुटनीतिक भ्रमण हो ।
रक्षामन्त्री किशीले भ्रमणका बेला जापान र चीनबीच विभिन्न आपसी जटिल मुद्दाहरु उच्च तहको वार्ताबाट समाधान खोज्नुपर्ने बताए।
चिनियाँ सैन्य गतिबिधिहरुले क्षेत्रिय सुरक्षामा पु¥याइरहेको असरबारे जापानको गम्भिर ध्यानाकर्षण रहेको उनको भनाई छ। जापानको सेन्काकु टापुक्षेत्रमा चीनले लगातार सैन्य गतिबिधि जारी राखेको छ वाङकै भ्रमणका बेला चिनिया राष्ट्रपति सीजिन पीङको भ्रमणको मिति समेत तय हुने अनुमान गरिएको छ ।
स्रोतः द जेनेभा डेली
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ