ललितपुर,ललितपुर महानगरपालिका विधायन समितिले वडामा रहेका समस्याहरुको समाधान गर्न वडासचिवहरुसँग आयोजना गरेको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त समितिले महानगरपालिकाका २९ वटै वडाका वडासचिवसँग समसामयिक समस्या र समाधानका विषयमा छलफल गर्न दुई दिने अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा सहभागी भएका वडासचिवहरुले वडामा राखिने नागरिक वडापत्रमा एकरुपता हुनुपर्ने बताए । वडाले आ आफ्नै किसिमले नागरिक वडा पत्र बनाएकाले एकरुपता नभएको स्पष्ट पार्दै एकरुपताका लागि वडामा राखिने वडापत्रहरु महानगरपालिकाले नै तयार पार्नुपर्ने बताए ।
घटना दर्तामा पनि धेरै समस्या आउने बताउँदै त्यसको सम्बोधनका लागि ठोस निर्णय गर्नुपर्ने उनीहरुले औल्याए । बसाईसराई, विवाह दर्ता, जन्मदर्ता, धर्मपुत्रपुत्री सम्बन्धी विषयमा धेरै समस्या भएका वडाअध्यक्षहरुले गुनासो गरे । वडासचिवहरुलाई पंजिकरणसम्बन्धी तालिम आवश्यक भएको उनीहरुले बताए ।
विधायन समितिका सदस्य सचिव तथा महानगरको कानुन महाशाखा प्रमुख खगेन्द्र प्रसाद वस्तीले कानुन संवत तरिकाले काम गर्नुपर्ने बताउँदै काम गर्दा समस्या देखिए नबाझिने गरी महानगरले कानुन निर्माण गर्ने बताए ।
विधायन समितिका संयोजक श्यामकृष्ण महर्जनले वडामा आएका समस्याहरुलाई समाधान गर्न प्रदेश र संघसँग नबाझिने गरी विधेयक बनाएर नगरसभामा प्रस्तुत गर्ने बताए ।
उनले कानुनसम्मत काम गर्न अनुरोध गर्दै काम गर्दा देखिएका समस्या समाधानका लागि प्रमाण जुटाएर वा नयाँ कानुन बनाएर काम गर्न सकिने बताए । विधायन समितिको सदस्यमा रामकुमारी लिम्बु, पुण्यकुमारी शाक्य छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल