सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ८ जेठ २०७६ / Wednesday, 22 May 2019

तोप २१ दोस्रो मेयर कप हुने


प्रकाशित समय: शनिवार, ०६ : ०२ बजे फाल्गुन २५ गते



तोप २१ दोस्रो मेयर कप हुने

सिन्धुपाल्चोक -चौतारा साँगाचोकगढी नगरपालिकाका जागरुप युवाहरुको समुह तोप २१ ले तोप २१ दोस्रोे चौतारा साँगाचोकगढी नगरपालिका मेयर कपको आयोजना गर्ने भएको छ ।

 

चैत्र २० गतेबाट तोप २१ दोस्रो चौतारा साँगाचोकगढी मेयर कप सुरु हुने तोप २१ का सह–सचिव छत्र विश्वकर्माले जानकारी दिए । चौतारा साँगाचोकगढीको टुडिखेलमा आयोजना गरिने खेलमा चैत्र ५ गतेसम्म नाम दर्ताको समय रहेको छ ।

 

राष्ट्रिय तथा जिल्लास्तरका १२ फुटबल टिम मेयर कपमा सहभागी हुने तोप २१ का अध्यक्ष अशोक कार्कीले जानकारी दिए । अहिलेसम्म ए डिभिजन लिग, आर्मी, नेपाल पुलिस, शसस्त्र, जिल्ला फुटबल संघ काभ्रे, दोलखा र सिन्धुपाल्चोक लगायत १२ टिमले नाम दर्ता गराइसकेका छन् । खेल १२ टिम बीच हुने तोप २१ का अध्यक्ष कार्कीले बताए ।

 

प्रथम हुने टिमलाई पाँच लाख ५० हजार पुरस्कार, दोस्रो टिमलाई दुइलाख ५० हजार पुरस्कारको व्यवस्था गरिएको छ । खेलमा म्यान अफ द म्याच हुनेले ट्रफी सहित तीन हजार पुरस्कार पाउनेछन् । खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रबर्धन गर्ने उद्देश्यले मेयर कपको आयोजना गरेको तोप २१ का अध्यक्ष कार्कीले बताए ।

 

गत सालबाट सुरु गरेको मेयर कपलाई तोप २१ ले यो वर्षपनि निरन्तरता दिएको हो । तोप २१ ले विभिन्न समयमा सामाजिक कार्यक्रम गर्दै आएको छ ।