सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बज्रबाराही अस्पताल सहित पाँच अस्पताल वागमती प्रदेश अन्तर्गत रहने

प्रकाशित समय: बुधवार, ०८ : ०४ बजे मंसिर २४ गते



बज्रबाराही अस्पताल सहित पाँच अस्पताल वागमती प्रदेश अन्तर्गत रहने

काठमाडौँ, सरकारले गोदावरी नगरपालिका अन्तर्गत रहेको बज्रबाराही अस्पताललाई बागमती प्रदेश अन्तर्गत राख्ने निर्णय गरेको छ। 

 

सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार बज्रबाराही अस्पताल सहित स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका अन्य चार अस्पताललाई प्रदेश अन्तर्गत राख्ने निर्णय गरेको छ।

 

 

सरकारले गरेको निर्णय अनुसार काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र,ललितपुर गोदावरीको बज्रबाराही अस्पताल,दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल व्यवस्थापन तथा सञ्चालन वाग्मती प्रदेश सरकारले गर्नेछ। 

 

यसअघि,आठ वटा जिल्लामा मात्र अस्पताल रहेकोमा सरकारको यो निर्णयले बागमती प्रदेशको १३ वटै जिल्लामा अस्पताल रहने भएको छ।