सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

वागमती गाउँपालिकाद्धारा उत्कृष्ट शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिलाई नगदसहित सम्मान



प्रकाशित समय: बिहिवार, ०६ : १० बजे माघ २२ गते



वागमती गाउँपालिकाद्धारा उत्कृष्ट शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिलाई नगदसहित सम्मान

ललितपुर,बागमती गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षको पहिचान गर्दै नगद सहित सम्मान गरेको छ । यसरी पुरस्कृत हुनेमा जनजागृति माध्यमिक विद्यालय इकुडोल का शिक्षक नारायण सन्जेल र कालीदेवी मावि माल्टाका प्रधानाध्यापक कुमार चाैलागाई रहेका छन् । यस्तै उत्कृष्ट विद्यालय व्यबस्थापन समितिका अध्यक्ष तर्फ भटे्डाडा आधारभुत विद्यालय भटे्डाडा का अध्यक्ष दीपक घिमिरे (समीर )लाई पुरस्कृत गरिएको छ । उनीहरु सबैलाई जनही दश हजार रुपैंया नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो । 

 

शैक्षिक वातावरण निर्माण, भावी योजना र नतिजाका आधारमा तय गरिएका विभिन्न सूचकाँक अनुसार उत्कृष्ट पहिचान गरिएको पालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए । शिक्षक, प्रधानाध्यापक, विद्यालय र समितिबाट आह्वान गरिएको प्रस्ताव अध्ययन पश्चात छनौट गरिएको उनले जानकारी दिए । पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित गाउँ शिक्षा समितिका एक जना सदस्य र शिक्षा शाखाका प्रमुख सहित ३ सदस्यीय मूल्याँकन समितिले प्राप्त प्रस्तावको अध्ययन गरेर उत्कृष्ट छनौट गरेको उनले जानकारी दिए । 

 

शिक्षकका नेताहरुले सार्वजनिक रुपमै स्थानीय सरकारका जनप्रतिनिधिलाई सािक्षा क्षेत्र लाई नहेरको संज्ञा दिदैं स्थानीय सरकारका शैक्षिक सुधारका कृयाकलापलाई चुनौती दिईरहेको बेला यस पालिकाले भने शिक्षकलाई सम्मान गर्ने क्रम शुरु गरेको छ । नजिकैको सरकारले गर्ने नियमनका कारण यस अघि जस्तो 'छलछाम' गर्न नपाउने भए पछि शिक्षकका नेताहरु स्थानीय सरकार प्रति आक्रोशित हुँदैं आएको आलोचना जारी छ । गत बर्ष मावि र आधारभूत तहका गरी दुई शिक्षकलाई गरेकोमा यस बर्ष उक्त सम्मानको दायरा बढाईएको हो । 

 

राम्रो काम गर्नेलाई प्रोत्साहन दिदाँ सकारात्मक शन्देश प्रवाह हुने तथा अरुलाई पनि राम्रो गर्न प्रेरणा मिल्ने ठहर साथ पुरस्कृत गर्ने कार्य शुरु गरेको लोप्चन बताउँछन् । पालिकाले दुई बर्ष देखि शुरु गरेको शैक्षिक मेलाको तेस्रो संस्करणमा बिहिबार उक्त पुरस्कार प्रदान गरिएको थियो । 

 

मेलामा २४ स्टलमा विज्ञान, प्रविधि, गणित, सामाजिक विषयका प्रदर्शनी गरिएको थियो । आधुनिक ठेकी देखि घाँस काट्ने मेसिन र शैक्षिक सामाजिक सामग्री तयार पारी विद्यार्थी स्वयंले ब्याख्या गरेका थिए । 

 बागमती गाऊपालिका को शिक्षा प्रमुख मोहन पाैडेलको संयोजकत्वमा गठित तीन सदस्यीय मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा माध्यमिक तर्फ मेलामा सहभागी मध्ये, नारायणी मावि, जनक मा बि कालिदेबि मावि माल्टा , शारदा शिक्षा सदन मावि इकुडोल क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भए । उनीहरुलाई क्रमशः सात हजार, चार हजार, दुई हजार र एक हजार रुपैंया प्रदान गरिएको थियो ।साथै शैक्षिक मेला मा आधारभुत तर्फ प्रथम बिज्ञान प्रभा आधारभुत बिधालय इकुडोल , दोस्रो सातकन्या आधारभुत बिधालय भटे्डाडा , तेस्रो भटे्डाडा आधारभुत बिधालय भटे्डाडा र सन्तोना बालमनोरमा अाधारभुत आसा्ङ ले प्राप्त गरेको छ ।

 

संविधानले विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकार मातहत हुने व्यवस्था गरेसँगै यस पालिकाले शैक्षिक सुधारमा विभिन्न कार्य गर्दै आएको छ । स्थानीय सरकार मातहत संवैधानिक रुपमा प्राप्त शैक्षिक अधिकार पूरा गर्न पालिका सक्षम रहेको उल्लेख गर्दै सामाजिक समिति संयोजक एवम् वडा नम्बर २ माल्टाका अध्यक्ष विजयकुमार लो ले विभिन्न वहाना बनाएर स्थानीय सरकारको अधिकार कटौती नगर्न प्रदेश तथा संघीय सरकारलाई स्मरण गराएका छन् । 

 

एउटा पनि निजी विद्यालय नरहेको पालिका भित्रका ४७ वटा सामुदायिक विद्यालयमा ३ सय १९ शिक्षक कार्यरत रहेको अध्यक्ष लोप्चनले जानकारी दिए ।