सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १२ जेठ २०८२ / Sunday, 25 May 2025

जापानी युनिचार्म कम्पनीले चीन छाड्दै, भारत र दक्षिण अफ्रिका प्राथमिकतामा

प्रकाशित समय: बिहिवार, ०७ : ५१ बजे चैत्र ५ गते



जापानी युनिचार्म कम्पनीले चीन छाड्दै, भारत र दक्षिण अफ्रिका प्राथमिकतामा

टोकियो,व्यक्तिगत सरसफाई सामाग्री उत्पादक जापानी युनिचार्म कम्पनीले चीन छोडेर भारत र दक्षिण अफ्रिकाको बजारलाई प्राथमिकता दिने घोषणा गरेको छ । यूनिचार्मले विकासशील देशहरुमा एक चौथाई बजार हिस्सा लिन चाहेको कम्पनीका प्रमुख कार्यकारी अधिकारी ताकासिहा तकाहाराले बताएका छन्। भारत, अफ्रिका, र दक्षिण अमेरिकी मुलुकहरुमा आफ्नो कम्पनीले बच्चाको डायपर सामाग्री प्रचार र बजार बिस्तार गर्ने कम्पनीको योजना रहेको ताकाहाराले बताएका छन्। युनीचार्मले भारत र अफ्रिकामा बच्चाका लागि डायपर उत्पादन क्षमता बढाउन करिब ४७ करोड अमेरिकी डलर बराबरको वित्तिय लगानी गर्ने योजना रहेको बताएको छ । हाल अमेरिकी व्यक्तिगत सरसफाई सामाग्री उत्पादक कम्पनी प्रोक्टर र ग्याक्बलले भारतमा ४० प्रतिशत बजार हिस्सा ओगटेको छ । यूनिचार्मको यस्तो कदमले विगतमा चीनको बजारलाई प्राथमिकतामा राखेको रणनीति परिवर्तन भएको देखिएको छ । सन् २०१२ मा चिनियाँ बजारमा युनिचार्म डायपर सामाग्रीको ११ प्रतिशत हिस्सा २०१९ मा आइपुग्दा ७ प्रतिशतमा खुम्चिएको थियो । उच्च गुणस्तरका कारण जापानमा उत्पादित डायपरको बजारमा उच्च माग छ । स्रोतः जी फाईभ