सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १५ बैशाख २०८२ / Monday, 28 April 2025

चीनमा अल्पसंख्यक समुदायमाथि आधारहीन कारबाही भइरहेको मानवअधिकारबादी संस्थाको खुलासा

प्रकाशित समय: मगलवार, ११ : ०४ बजे चैत्र १० गते



चीनमा अल्पसंख्यक समुदायमाथि आधारहीन कारबाही भइरहेको मानवअधिकारबादी संस्थाको खुलासा

न्यूयोर्क,चीन सरकारले अल्पसंख्यक उईघुर सहित बिभिन्न अल्पसंख्यक समुदायमाथि आधारहीन तथा तथ्यहिन तबरबाट अभियोग लगाउने र कारबाही गर्ने गरिएको खुलासा भएको छ। 

 

चीन सरकारले मुस्लिम अल्पसंख्यक उईघुर सहित विभिन्न अल्पसंख्यक समुदायमाथि सरकारले आधारहीन अभियोग र कारबाही गरेको अन्तर्र्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राईट्स वाचले खुलासा गरेको हो। 

सन् २०१६ मा चीन सरकारले हिंसात्मक आतंकवाद बिरुद्धको नाममा चलाइएको कठोर कारबाहीयता विभिन्न अभियोगमा दुई लाख ५० हजार अल्पसंख्यकहरुलाई कार्वाही गरिएको संस्थाले जनाएको छ। ती आरोपीहरु उईघुर र अन्य अल्पसंख्यक समुदाय रहेको ह्युमन राईट्स वाचले जनाएको छ ।

 

 ह्युमन राईट्स वाचले अध्ययन गरेको ६० प्रतिशत भन्दा बढी मुद्दामा कुनै ठोस अपराध बिना आरोपीहरुलाई कठोर जेल सजाय दिइएको पाइएको छ । तथ्य सूचनामा पहुँच भएका सिन्जियाङ क्षेत्रका अधिकारीहरुले उपलब्ध गराएका विवरणहरुमा आधारित रहेको ह्युमन राईट्स वाचले बताएको छ ।

 

 चीन सरकारले राजनीतिक शैक्षिक शिबीरको नाममा अल्पसंख्यक उईघुरहरुलाई बिभिन्न अभियोगमा बन्दी बनाएको बरिष्ठ अनुसन्धानकर्ता माया वानले बताइन् । बन्दीहरुको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायहरुले चीनमाथि दबाब सिर्जना गनुपर्ने वानले बताएकी छन् । अलपसंख्यक उईघुर माथिको दमनबारे अन्तराष्ट्रिय समुदायको आलोचनालाई चीनले खण्डन गर्दै आएको छ । स्रोतः जी फाईभ