ढाका । चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ ।
बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको हो ।
चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बंगलादेशलाई उपलब्ध गराइएको हो ।
यो खोपलाई बंगलादेशको औषधि नियामक निकायले केही दिनअघि आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिड विरुद्धको खोप अभियान गत जनवरी २८ मा शुरु गर्नु भएको थियो ।
बंगलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो ।
साथै बंगलादेशले भारतको सेरम इन्स्टिच्यूटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ ।
बंगलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्य ५० लाख डोज बंगलादेशले प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरु पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ