सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

जनमोर्चाद्वारा प्रदेशसभा दलका नेतालाई कारबाही

प्रकाशित समय: बुधवार, ०६ : १५ बजे बैशाख २९ गते



जनमोर्चाद्वारा प्रदेशसभा दलका नेतालाई कारबाही


काठमाडौं । राष्ट्रिय जनमोर्चाले सो पार्टीका गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ ।


प्रदेशमा विपक्षी नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा हस्ताक्षर गर्न अस्वीकार गरेको जनाउँदै थापालाई नेताबाट हटाइएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिनुभयो । 


नेता थापा भने आफूलाई प्रक्रियाविपरीत दल नेताबाट हटाइएको जनाउनुभएको छ । थापाले अस्वीकार गरेपछि विपक्षीलाई बहुमत सङ्ख्या प्रस्तुत गर्न चुनौती भएको छ ।

पार्टीले यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित मिलेर सरकार गठन गर्ने निर्णय गरेको थियो ।


 प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाइएको पत्र गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता गराइएको छ । 


यही वैशाख २६ गते प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो ।