सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

वागमती प्रदेशसभाको आठौं अधिवेशन शुरु

प्रकाशित समय: आइतवार, ०६ : ३४ बजे जेठ १६ गते



वागमती प्रदेशसभाको आठौं अधिवेशन शुरु

काठमाडौं । बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक शुरु गरिएको थियोे । 


आजको बैठकमा हालै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्गठन गर्नु भएको मन्त्रिपरिषदबारे प्रदेश प्रमुखको पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाउनुभयो ।


 गत वैशाखमा निधन हुनुभएका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको स्मरणमा मौनधारण गरेपछि सभामुखले भोलि जेठ १७ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।