सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

वागमती गाउँपालिकाको बजेट ५२ करोड ७८ लाख-कृषिलाई बिशेष प्राथमिकता

प्रकाशित समय: बिहिवार, ०७ : २६ बजे असार १० गते



वागमती गाउँपालिकाको बजेट ५२ करोड ७८ लाख-कृषिलाई बिशेष प्राथमिकता

ललितपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभा समक्ष लागि ५२ करोड ७८ लाख ८४ हजारको बजेट ल्याएको छ ।

बागमती गाउँपालिकाको कार्यालयमा आयोजित गाउँसभामा अध्यक्ष बिरबहादुर लोप्चनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा कृर्षि क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । कुल बजेट मध्ये आन्तरिक आय तर्फ २ करोड ३७ लाख ६५ हजार रहेको छ । गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिनाद्धारा प्रस्तुत गरिएको बजेटमा कृर्षिको लागि २ करोड ९६ लाख ५० हजार छुट्याइएको छ ।

सामाजिक बिकास तर्फ १ करोड ३४ लाख छुट्याएको छ भने भौतिक पुर्वाधारको लागि २ करोड ९१ लाख ५० हजार बिन्योजन गरिएको छ । त्यस्तै बन वातावरण, भु–संरक्षण तथा बिपद् व्यबस्थापन तर्फ ८३ लाख पचास हजार र संस्थागत बिकास, सेवा प्रवाह तथा सुसासनको लागि १८ लाख बजेट छुट्याइएको छ ।

बागमती गाउँपालिकाको यो नवौँ गाउँ सभाको सभाध्यक्षता गाउँपालिका अध्यक्ष विर बहादुर लोप्चनको अध्यक्षतामा सम्पन्न भएको हो ।

गाउँ सभाको बैठकबाट आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ अन्य ९ वटा कार्य विधि पारित भएको छ । कार्यक्रम संचालन गाउँपालिकाका सुचना अधिकारी मिलन शर्माले गरेका थिए ।