सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

बागमती गाउँपालिकाको भट्टेडाँडा आधारभूत विद्यालयमा टेलिफोन पाठशाला सुरु

प्रकाशित समय: मगलवार, ०७ : २८ बजे असार २२ गते



बागमती गाउँपालिकाको भट्टेडाँडा आधारभूत विद्यालयमा टेलिफोन पाठशाला सुरु

ललितपुर,ललितपुरको बागमती गाउँपालिकामा रहेको भट्टेडाँडा आधारभुत  विद्यालयले  टेलिफोन पाठशाला सुरु गरेको छ।

 सामुदायिक विद्यालयको भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोन सम्पर्क गरि कक्षा १ देखि कक्षा ८ का बिद्यार्थीहरुलाई फोन सिकाइ सहजिकरण गरि टेलिफोन पाठशाला सुरु गरिएको हो ।

कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरको महामारीका कारण विद्यालयहरु बन्द भएको र विद्यार्थीहरु घरमा नै रहेका बेला विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि   सहजीकरणमा वैकल्पिक सिकाइका माध्यमहरु मार्फत टेलिफोन पाठशाला सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।

कोरोना माहामारीको यस विषम परिस्थितिमा विद्यार्थीहरु शिक्षण सिकाइबाट बन्चित नहुन् भनेर शिक्षक, व्यवस्थापन समितिको संयुक्त बैठक बसी टेलिफोन  पाठशाला संचालन गरिएको प्रधानअध्यापक सिताराम चाैरेलले बताए ।

उक्त विद्यालयले साक्षरता कार्यक्रम लागु भएका विद्यालयका भाषा शिक्षकहरुलाई अभिमुखीकरण व्यवस्था गरी फोनबाट विद्यार्थी सिकाइ सहजीकरण कार्य सुचारु गरेको छ ।

बन्दाबन्दीको समयमा सिकाइ जहाँ पनि जहिले पनि भन्ने मान्यताका साथ टोल टोलमा शिक्षक खटाई पढाईमा सहजिकरण गरिने कार्यक्रम रहेको अध्यक्ष दिपक घिमिरेले बताए ।

फोनबाट विद्यार्थी सिकाइ सहजीकरण कार्यले यो बन्दा बन्दीको समयमा अन्योलमा रहेका अभिभावक र विद्यार्थीहरुले सिकाइको नौलो स्वरुपको महशुस गर्ने छन्। फोन सिकाइ सहजीकरण कार्यले गर्दा सिकाइ अलमलमा रहेका नानीबाबु उत्साहका साथ सहभागी हुनेछन्।
टेलिफोन पाठशाला सहजीकरण गर्नका लागि लाग्ने खर्च विद्यालय व्यवस्थापनले उपलब्ध गराउने अध्यक्ष घिमिरेले बताए।