नयाँ दिल्ली,२७ असार। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका हुन् ।
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ५४ हजार ११८ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या चार लाख आठ हजार ४० पुगेको छ ।कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा दुई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२० प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ ।एएनआई
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ