अदालतले लोकतन्त्र र संविधानको रक्षा गरेको भन्दै नेपाली कांग्रेसको गोदावरी नगर समितिले आज दिप प्रज्वलन गरेको छ।
सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गरेको खुसियालीमा दीप प्रज्वलन गरिएको नगरका सभापति सुरज श्रेष्ठले बताए।
अदालतको ऐतिहासिक फैसला लोकतन्त्रवादी कानुनी व्यवस्थाको जित भएकाले नगर समितिको आयोजनामा दीप प्रज्वलन गरिएको श्रेष्ठले बताए।
उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, तरुण दल नगर सभापति बिक्रम बहादुर श्रेष्ठ, तरुण विभाग वागमति सचिव उमेश कायस्थ लगायत नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ