सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

गण्डकीमा एमालेको नाराबाजी र होहल्लाकाबीच आगामी बर्षको बजेट पारित

प्रकाशित समय: बुधवार, ०७ : ५६ बजे असार ३० गते



गण्डकीमा एमालेको नाराबाजी र होहल्लाकाबीच आगामी बर्षको बजेट पारित

काठमाडौँ, ३० असार।गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी बर्षको बजेट पारित भएको छ ।

 

बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए ।पर्याप्त छलफल विना नै बलमिच्याईं ढंगले विधेयक पास गर्न लागेको भन्दै एमाले आक्रोशित बनेको हो । एमालेका सांसदहरुले रोष्टम घेराउ गरेर मुख्यमन्त्री पोखरेललाई रोक्ने प्रयास गरेका थिए । तर पोखरेलले अवरोधकै बीच बजेट पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

 

मार्सल लगाएर बजेट पास गराउन खाजेको भन्दै एमाले सांसदहरुले नाराबाजी गर्दै सदन बहिष्कार गरेका थिए । उनीहरु बाहिरिएपनि सभामुखले सदन अघि बढाउदै बैठकमा निर्णयार्थ पेश भएको विनियोजन विधेयक पास गरिएको हो ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागी स्थगित गरिएको छ ।