hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ८ श्रावण २०७६ / Wednesday, 24 July 2019

सोमबार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सार्वजनिक विदा


प्रकाशित समय: शुक्रवार, ०९ : ०२ बजे बैशाख २७ गते



सोमबार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सार्वजनिक विदा

ललितपुर ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन विदा दिने निर्णय गरिएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यस्तै गोदावरी नगरपालिकाले पनि उक्त दिन सार्वजनिक निर्णय गरेको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

 

विद्यावारिधि प्राप्त व्यत्तित्व जोशी सोमबार अर्थात वैशाख ३० गते ९९ वर्ष पुरा गरि एक सय वर्षमा प्रवेश गर्दैछन् ।

 

यस अवसरमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिका मातहतका सबै कार्यालय लगायत संघसंस्थालाई विदा दिने जनाइएको छ ।

 

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई कला, साहित्य र संस्कृति मार्फत चिनाउन महत्वपूर्ण निर्वाह गरेका जोशीको ललितपुर महानगरले वैशाख ३० बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।

 

उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको ¥याली मंगलबारबाट सुरु हुनेछ । लगनखेल , जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ ।

 

उक्त ¥याली र कार्यक्रममा सहभागि हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ । । यसैगरी महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्ष अघि मोटर, सवारीचालक, गार्ड र मोवाइल प्रदान गरेको थियो ।