नवराज सापकोटा काभ्रे ३ भाद्र । विजया दशमीको अवसर पारेर काभ्रेको बनेपामा १४ दिन सम्म बनेपा महोत्सव हुने भएको छ । हाम्रो अभियान खेलको शान,सँस्कृति र समृद्धि बनेपाको पहिचान भन्ने नाराका साथ काभ्रेमा बनेपाको सक्रिय क्लब बनेपा ब्वाईज क्लब (विविसी) ले उक्त महोत्सव आयोजना गर्न लागेको हो ।
मेलामा कृषि, घरेलु, सामग्री लगायतका १ सय भन्दा बढि व्यपारिक स्टल रहने क्लबले जानकारी दिएको छ ।क्लबका अध्यक्ष महेश कर्मचार्यका अनुसार महोतसवमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना, मिनी फुटबल,भलिबल प्रतियोगिता हुने छ ।
विभिन्न कार्यक्रम, स्थानिय बजागाजा झाँकी सहित भाद्र २८ गते उद्घाटन हुने महोत्सब संचालनका लागि विभिन्न समितिहरु गठन गरिएको शुक्रवार बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । काभ्रेली कलाकार हरि कुमार कर्माचार्यको संयोजकत्वमा मूल समिति तथा मिडिया संयोजक शुभराज अधिकारी, कार्यक्रम संचालन समिति सचित खड्का, साँस्कृतिक संयोजक मणिकुमार तुम्रोक स्थान एवम् पार्किङ संयोजक सूर्य ब्लोन रहेको समति गठन गरिएको क्लबले जनाएको छ ।
खेलको माध्यमबाट युवाहरुलाई कुलतबाट बचाउने उद्देश्य सहित क्लबले यस अघि खेलकुद सँग सम्बन्धित विभिन्न कार्य गर्दे आएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ