काभ्रे/पनौतीमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्थाले ३ दिने क्रिस्टल सामग्री उत्पादन तथा उद्यमशिलता सचेतना तालिम शनिवार सम्पन्न गरेको छ । महिलाहरुको श्रृङ्गारमा उपयोग हुने चुरा,माला,पोते, औंठी लगायतका आवश्यक समग्री कलात्मरुपमा उत्पादन गर्न सकिने उक्त तालिम आर्थिक उपार्जनका लागि उपयोगी हुने सहभागी प्रमिला वास्तोलाले बताइन् ।
सहकारी संस्थाहरुले बचत तथा ऋण कार्यमात्र नगरी यस किसिमका आयआर्जन हुने तालिम संचालन गरेमात्र संस्थाका शेयर सदस्यको आर्थिक उपार्जन हुने उनको भनाइ थियो । समापन कार्यक्रममा अध्यक्ष राजकुमार तिमल्सिना, उपाध्यक्ष सविन सुन्दर सैंजु, कोषध्यक्ष भरत रावल, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष राजकुमार तिमल्सिनाले सहकारीले महिलाहरुको अर्थिक उपार्जन हुने यस प्रकारका तालिमहरु निरन्तर संचालन गर्ने बताएका थिए ।सहकारीमा आवद्ध महिला सदस्यहरुले भाग लिएको उक्त तालिममा कुल २४ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण रुपा दाहाल रोसनी उपाध्यायले गरेका थिए । संस्थाको महिला उपसमितिले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
समापन कार्यक्रमा महिला उप समितिका संयोजक चण्डेश्वरी ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो । सहभागिलाई संस्थाका अध्यक्ष राजकुमार तिमल्सिनाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ