सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

लुम्बिनीमा मुख्यमन्त्रीका लागि ४२ सांसदको हस्ताक्षरसहित कुलप्रसाद केसीको दाबी पेश

प्रकाशित समय: बिहिवार, ०१ : ५९ बजे श्रावण २८ गते



लुम्बिनीमा मुख्यमन्त्रीका लागि ४२ सांसदको हस्ताक्षरसहित कुलप्रसाद केसीको दाबी पेश

रुपन्देही, २८ साउन ।लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका  चार दलले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न गरेका हुन् । 

 

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ती चार दलका समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीपदको दाबी पेश गर्नुभएको हो । उहाँ रोल्पा १ ९क०बाट निर्वाचित हुनुभएको हो ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष प्रदेशसभाको ४१ सदस्य हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको जानकारी दिनुभयो । प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ सदस्यले सरकारका लागि दाबी पेश गर्नुभएको जनाइएको छ । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।

 

प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गर्नुभएको छ ।