सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

स्याललाई हानेको बन्दुकले छोराको मृत्यु

प्रकाशित समय: शनिवार, ०१ : ५८ बजे श्रावण ३० गते



स्याललाई हानेको बन्दुकले छोराको मृत्यु

रामपुर, ३० साउन।पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।

 

बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकनाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शुक्रबार साँझ करिब ६ः०० बजेको समयमा घटना भएको हो ।रासस