सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु

प्रकाशित समय: मगलवार, १० : ३६ बजे भदौ १ गते



लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु

लुम्बिनी,१ भदौ।लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुने भएको छ । चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुख अमिक शेरचनले नियमित अधिवेशन आजका लागि आह्वान गर्नुभएको हो ।

आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने छ । बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउने, मुख्यमन्त्री केसीले सम्वोधन गर्ने र दलीय सहभागिताका आधारमा नेताहरूले सम्वोधन गर्ने कार्यसूची तय भएकोछ। समय रहेका केही विधेयक प्रस्तुत गर्ने तयारी भएको छ ।