काठमाडौँ, १ भदौ।राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।
यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ