सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

प्रकाशित समय: बुधवार, ०५ : १२ बजे भदौ २ गते



 लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

काठमाडौँ।प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा वैठक बुधबार पनि स्थगित भएको छ ।

 

बुधबार बैठक सुरु हुनेबितिकै एमालेका प्रदेशसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने बताएलगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको र अव कारवाहीको सुचना नसुनाएसम्म बैठक अघि बढ्न नसक्ने उनीहरुको भनाई छ । एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताउनुभएको थियो ।

तर नारावाजी जारी नै भएपछि सभामुख घर्तिले बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित गर्नुभयो । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूचि रहेको थियो । एमालेले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।