काठमाडौँ।अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ। तालिवानले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबान विरोधी प्रदर्शनलाई दमन गरेको बिबिसीले लखेको छ ।
तालिवानद्धारा कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको समेत बताइएको छ ।कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको काबुलस्थित बीबीसी संवाददाताले बताएको बिबिसीले उल्लेख गरेको छ । त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूहरूले गस्ती गरिरहेका छन्। सडकमा महिलाको उपस्थिती कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ। काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम रहेको र तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानीहरूलाई रोकिरहेको बिबिसीले उल्लेख गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ