सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

कुवेतमा सिन्धुपाल्चोके युबाले भाग्य चिठ्ठामा


प्रकाशित समय: आइतवार, ०९ : ३१ बजे भदौ २५ गते



कुवेतमा सिन्धुपाल्चोके युबाले भाग्य चिठ्ठामा

हरि कृष्ण न्यौपाने- बिगत ५ बर्ष देखीमा कार्यरत सिन्धुपाल्चोक चौतारा वाइबाछापका वीर बहादुर लामा(बम्जनले) बिईसी मनी एक्स्चेन्जबाट पैसा पठाउने ग्राहकहरुको कुपनलाई चिट्ठा मार्फत बिजेता बनाइने "BEC BONANZA" लक्की ड्रको प्रथम पुरुस्कार "जेरि कार" जितेका छन।

राहदानी नं-०५५८१४०० रहेका कार बिजेता वीर बहादुर कुवेतको सुबान स्थित अल साफा नेशनल कम्पनी सुबानमा पेशाले पनि सबारी चालक हुन। कार बिजेता घोषित भए लगत्तै तितोपाटी डटकमसंग कुरा गर्दै वीर बहादुरले भने" भुकम्पले घर भात्किए पछी भर्खरै रिण गरेर बनाउदै गरेको घरको रिण तिर्न सजिलो हुने भयो।रिण तिर्न बैकबाट रिण लिने प्रकृयामा थिए तर भगवानको कृपाले भाग्यमानी चिठ्ठामा कार जिते।अब सबै प्रकृया मिलाएर नगद पुरस्कार लिन्छु अनी रिण तिर्छु।"उनले थपे"२ सेप्टेम्बरमा हसबियाको ब्रान्चबाट १०० केडी पठाएको थिए।दिन रात गरेर डिउटी गर्दा बल्ल २०० केडी कमाइन्छ।"भर्खर नाइट डिउटीबाट फर्केका वीर बहादुरले थपे"अहिले सम्म कुनै चिठ्ठामा विश्वास लाग्दैन्थ्यो, कार बिजेता भनेर बिईसी मनी एक्स्चेन्ज कम्पनीले फोन गर्दा त शुरुमा विश्वासै लागेन"।

बिईसी मनी एक्स्चेन्जमा कार्यरत निर्मल स्याङ्तानले भने"नेपाली नागरिकले पहिलो पटक कार जितेको खबरले हामीहरु सबैलाई हर्षित बनाएको छ।बिर बहादुर लामाले कार लिए पनि वा नगद लिए पनि पाउने छन।नगद लिए देखी करिब नेपाली रुपैया १२-१३ लाख पाउन सक्ने छन।नयाँ शक्ती कुवेतका अध्यक्ष समेत रहेका स्याङ्तानले आबश्यक प्रकृयामा आफुले सक्दो सहयोग गर्ने बताए।