सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नुवाकोटमा पहिरोले पुरीदा एक जनाको मृत्यु, चार जना वेपत्ता

प्रकाशित समय: बिहिवार, ०९ : ०० बजे भदौ ३ गते



नुवाकोटमा पहिरोले पुरीदा एक जनाको मृत्यु, चार जना वेपत्ता

नुवाकोट।अविरल वर्षासँगै आएको पहिराले पुरिदा नुवाकोटको कालधारमा एक जनाको मृत्युभएको छ । पहिरो पन्छाउने क्रममा फेरी अर्को पहिरो आएर पुरिदा बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कालधाराका ४० वर्षका विष्णुप्रसाद लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज विहान सवा तीन वजे लामिछानेले घर पछाडी रहेको करेसामा खसेको पहिरो पन्छाउने क्रममा मृत्यु भएको दुलालले बताउनुभयो । वर्षातको समयमा सतर्क रहन जिल्ला प्रशासन कार्यालय नुवाकोटले सर्वसाधारणलाई सचेत गराएको छ । यसैबिच रसुवामा पहिरो खस्दा एकै परिवारका चार जना वेपत्ता रहेका छन् । भने एक जना गम्भिर घाइते भएका छन् । पहिराले घर पुरिदा नौकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँंडाका श्यामकुमार तामाङको परिवारका चार जना वेपत्ता भएको र घरमुली तामाङ भने गम्भीर घाइते भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो ।

पहिराले त्रिशूली–छहरे–टोखा मार्गको वीचमा रहेको गुरुङगाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकोे जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । यातायात सुचारु गर्नका लागि पहिरो पन्छाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी जानकारी दिनुभयो ।