काबुल, १० भदौ।केही पश्चिमेली मुलुकले काबुल विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई सेचत रहन आग्रह गरेका छन् । आफ्ना नगारिकलाई काबुल विमानस्थल नजानसमेत ती देशले अनुरोध गरेका छन् ।
अमेरिका, अस्ट्रेलिया, बेलायतले काबुल विमानस्थलमा जुनसुकै बेला हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई त्यहाँ नजान आग्रह गरेका हुन् । विदेशी सेनासँगै फर्किन चाहने अफगानीका कारण पछिल्ला दिनमा काबुल विमानस्थल अस्तव्यस्त बनेको छ । बिहीबार अस्ट्रेलियाका विदेशमन्त्री म्यारिस पेनीले विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम भएको बताए । अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई काबुल विमानस्थल छोड्न निर्देशन दिएको केही घन्टापछि पेनीको भनाइ आएको हो ।
त्यस्तै, बेलायतले पनि आफ्ना नागरिकलाई यस्तै सुझाब दिएको छ । विमानस्थलबाट सुरक्षित क्षेत्रतर्फ जान र सरकारको सुझाब मनन गर्न बेलायतको विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई अनुरोध गरेको छ । विमानस्थलको सुरक्षा अवस्था निकै जोखिमपूर्ण रहेको मन्त्रालयले भनेको छ । तर, सुरक्षा जोखिमबारे यी तीनैवटा देशले थप विवरण उल्लेख गरेका छैनन् ।हमलाको जोखिम बढेसँगै आफ्ना नागरिकलाई स्वदेश फर्काउने कार्य तीब्र पार्ने बताएका छन् ।
तालिावनले सर्वसाधारण अफगानीलाई देश नछोड्न चेतावनी दिँदै आएका छन् । अहिलेसम्म ८२ हजारले काबुल विमानस्थल छाडिसकेका छन् । तालिवान र अमेरिकाबीच यसअघि भएको सहमतिअनुसार आगामी ३१ अगस्टभित्र अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छोड्नुपर्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ