काबुल।अफगानिस्तानको काबुल विमानस्थलमा हिजो भएको दुई विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको छ।
विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी हिजो साँझ दुईवटा बम विस्फोट गराइएको थियो । विस्फोटमा परि १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको हो । तर अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । राष्ट्रपति बाइडेनले अपराधीहरुलाई खोजेरै छाड्ने प्रतिवद्धता पनि जनाएको बिबिसीले उल्लेख गरेको छ । बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी भएका यी मृत्यु हुनेमा बालबालिकाहरु पनि छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ