काबुल।तालिबानले महिला स्वास्थ्यकर्मीहरुलाई आफ्नो काममा जान आग्रह गरेको छ ।
अफगानिस्तानको काबुलमा बिहीवार भएको आक्रमणमा परि घाइते भएकाहरुको उपचारमा खटिनका लागि महिला स्वास्थ्यकर्मीलाई तालिबानले आग्रह गरेको हो । घाइतेहरुको उपचारमा जनशक्ति अभाव हुन थालेको भन्दै तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्वीट गर्दै इस्लामीक अमीरातका स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारिहरुलाई केन्द्र र प्रान्तमा नियमित रूपले आफ्नो काममा फर्किन आग्रह गर्नुभएको छ । उहाँले इस्लामिक अमीरातको तर्फबाट उनीहरुको काममा कुनैपनि अवरोध नपु¥याइने पनि प्रष्ट पार्नुभएको छ ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि महिलाको काम लगायतका विषयमा बहस भइरहेको बेला इस्लामिक अमीरातको यो ट्वीट आएको हो । काबुल आक्रमणमा परि दर्जनौं घाइते भएका छन् र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ