अछाम, १२ भदौ । लगातारको वर्षातपछि आएको पहिरोले पहलमानसिंह स्वाँर राजमार्गस्थित चौरपाटी गाउँपालिका कृष्ण भिरनजिक सडक अवरुद्ध हुँदा शव अलपत्र परेको छ ।
चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनि र वडा नम्बर ७ मार्कु जोड्ने कृष्ण भिरमा गएको पहिरोका कारण १२ घन्टादेखि बाजुराको आटिचौर गाउँपालिका वडा नम्बर ७ दानिगाउका ६७ वर्षका मानसिंह खड्काको शव गए रातीदेखि अलपत्र परेको हो ।
गएराती ९ बजे पुगे पनि पहिरोले सडक अवरुद्ध हुँदा बुवाको शव घरमा पुर्याउन नसकिएको छोरा सुरेन्द्र खड्काले जानकारी दिए । चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ