सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

भारतमा थप ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ सङ्क्रमित

प्रकाशित समय: आइतवार, ०६ : ३० बजे भदौ १३ गते



भारतमा थप ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ सङ्क्रमित

नयाँ दिल्ली, १३ भदौ ।भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।     
     
यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १. ०३ प्रतिशत रहेको छ भने ९७.६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् ।     
     
भारतमा दैनिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको र सङ्क्रमितको सङ्ख्या दैनिक १० हजारभन्दा बढीले वृद्धि भइरहेको छ ।  मन्त्रालयका अनुसार कोभिड–१९ निको भएका व्यक्तिहरूको सङ्ख्या तीन करोड १८ लाख २१ हजारभन्दा बढी पुगेको छ ।