नवराज सापकोटा पनौती । आगामी तीन वर्षका लागि सविन सुन्दर सैजुको नेतृत्ववमा नयाँ कार्यसमितिको चयन गर्दै पनौतीको एकीकृत बचत तथा ऋण सहकारीको नवौं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सभाको पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए । सभाको उद्घाटन गर्दै उनले सहकारीहरु व्यवस्थित रुपमा संचालन हुनु पर्ने बताएका थिए । उचित व्यवस्थापन नभएका सहकारी खारेज गर्नुपर्ने बताउँदै सहकारीले समाजको आर्थिक समृद्धिमा ध्यान दिनु पर्ने उल्लेख गरे । स्थानीय तह र सहकारीहरु बिच समन्वय गरी अगाडी बढे मात्र सबैले सहकारीबाट फाइदा लिन सक्ने उनको भनाई थियो ।
कार्यक्रममा सहकारीका सल्लाहाकार लक्ष्मीनारायण ताम्राकार, ज्योति मिर्मिरे साकोसका दीपक दाहाल, पनौती खानेपानीका लक्ष्मीनाराण ताम्राकार, उद्यम विकास साकोसका अध्यक्ष रोशन श्रेष्ठ, विन्ध्यबासिनी साकोसका प्रदिप थापा, सहयात्रा साकोसका बालकृष्ण प्रजापति, सामुदायिक साकोसका प्रताप ताम्राकार, गौरी शंकर ग्रामिण महिला साकोसकी योगमाया आचार्य, यस साकोसका रमेश थापा, नवदुर्गा साकोसका यज्ञ प्रसाद हुमागाईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा काभ्रे पलाञ्चोक जिल्ला बचत संघका द्धितीय उपाध्यक्ष तिर्थमाया प्रधान, प्राइम बैंक पनौती ब्रान्च इन्चार्ज दिपक शर्मा,स्रोत व्यक्ति महेश्वर जंगम,पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष नारायण सापकोटा लगायतको उपस्थिति थियो ।
साधरण सभामा भरत राउलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै राउलले गत आ.वमा खर्च गरी संस्थाले कुल १० लाख ४७ हजार ६ सय रुपैया नाफा भएको जानकारी दिए । हाल संस्थाको शेयर पुँजी ७६ लाख ८४ हजार ८ सय रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी रविन भक्त स्याउलाले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा उत्कृष्ट बचतकर्ता,असल ऋणी जेष्ठ सदस्य, उत्कृष्ट कर्मचारी, आवश्यक मार्गनिर्देशक गत वर्षको एस.इ.इ परीक्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु तथा पूर्व संचालकहरुलाई सम्मान गरिएको थियो । पनौती क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानिय कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त सभा बाट आगामी ३ वर्षका लागि नयाँ कार्यसमितिको चयन गरिएको छ ।
सविन सुन्दर सैजुको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा चण्डेश्वरी मुनाकर्मी,सचिव रविनभक्त स्याउला,कोषाध्यक्ष भरत रावल, सदस्यहरुमा लक्ष्मण मतांक्षे,बसुन्धरा आचार्य,ज्ञानदास श्रेष्ठ,दीपक मतांक्षे,राकेस सुन्दर सैजु रहेका छन् । सभाले नरेश श्रेष्ठको संयोजकत्वमाा ३ सदस्य लेखा समिति चयन गरेको छ जसको सदस्यहरुमा श्याम कुमार बस्नेत, कल्याण मगराती रहेका छन् ।
त्यसै गरी उत्तमकृष्ण ताम्राकारको संयोजकत्वमा २ सदस्य शिक्षा उप समिति गठन गरिएको छ जसको अर्का सदस्य प्रमिला तिमल्सिना रहेकी छिन । भने रुपेन्द्र अधिकारीको संयोजकत्वमा सिजन सुधाकर सदस्य रहनुभएको ऋण उपसमितिको गठन गरिएको छ । सदस्य बसुन्धरा आचार्यले संचालन गरेको सभाको सभापतित्व निर्वतमान अध्यक्ष राजकुमार तिमल्सिनाले गरेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ