सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

अमेरिकी हमलामा काबुलमा एकै परिबारका ९ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०३ : १९ बजे भदौ १४ गते



अमेरिकी हमलामा काबुलमा एकै परिबारका ९ जनाको मृत्यु


एजेन्सी।अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा  एकै परिवारका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका छन् । शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–के) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले जनाइएको छ । हमलामा एकै परिवारका सर्वसाधरण मारिएको भन्दै अमेरिकाको बिरोध भएको छ ।

 

‘हामी आइएस होइनौं । अमेरिकी हमलामा सबै सदस्य गुमायौं,’ आक्रमणमा बाँचेका एक व्यक्तिले भने । आक्रमणमा मारिनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बिस्फोटपछि घरमा आगो लागेको थियो।अमेरिकाले मंगलबारसम्म आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गरिसक्नु पर्नेछ । विहीबार काबुल बिमानस्थलमा आइएसले गरेको हमलामा १३ अमेरिकी सेनासहित १ सय ७० जनाको मृत्यु भएको थियो । सो हमलापछि अमेरिकाले संदिग्ध स्थानमा आक्रमणकारीबिरुद्धको आक्रमण शुरु  गरेको छ ।